एन्फाको १६ औं साधारणसभा सुरु, गणेश थापाको राज सकिँदै
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको १६ औं साधारण सभा सुरु भएको छ । सानेपामा सुरु भएको साधारण सभाले एन्फाको नयाँ नेतृत्व चयन गर्दैछ । अध्यक्षका उम्मेदवार मणि कुँवरले चुनावमा भाग नलिने घोषणा गरेपछि कर्माछिरिङ शेर्पा निर्विरोध हुने भएका छन् ।
त्यस्तै अन्य पदाधिकारीसंगै केन्द्रीय सदस्यमा पनि कर्माछिरिङकै प्यानलले जित्ने निश्चित छ । एक उपाध्यक्षका उम्मेदवारले भने ‘सेनापति नै चुनावी मैदानबाट भागेपछि हामीले के गर्नु अब, गलत मान्छेलाई नेता बनाइएछ ।’
मणि कुँवर एन्फामा दुई दशकबढी समय राज गरेका गणेश थापाका साला हुन् । मणिले चुनाव लड्न डराएपछि गणेश थापाको फुटबल राज पनि समाप्त भएको छ ।
थापा फिफाको १० वर्षे निलम्बनमा छन् ।
साधारणसभा शनिबार बिहान ७ः१५ देखि सुरु हुने भनिए पनि ९ः३० देखिमात्र सुरु भएको हो । साधारणसभाको उद्घाटन सत्र सकिएपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।
साधारणसभाको खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले उद्घाटन गरेका छन् । त्यसैगरी फिफाबाट संजिवन वालासिंघम रहेका छन् । ओलम्पिक कमिटि अध्यक्ष जीवनराम श्रेष्ठ तथा खेलकुद परिषदबाट राखेप प्रतिनिधि कुल बहादुर थापा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्