सूर्योदय वोमीले बोनस सेयर प्रस्तावसहित बोलायो वार्षिक साधारण सभा

काठमाडौं,१० साउन । सूर्योदय वोमी लघुवित्तले बोनस सेयर प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले साउन ३२ गते वार्षिक साधारण सभा गर्ने भएको हो ।

सभामा थप सार्वजनिक निष्कासनपछि कायम ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपैयाँ चुक्ता पुँजीमा १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको हो । एफपीओ हात पार्नेले पनि प्रस्तावित बोनस सेयर पाउने भएका छन् । सभामा, नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गरी कम्पनीको संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्वलाई प्रबन्धपत्रमा संशोधन गरी पुँजी संरचना परिवर्तन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

त्यसैगरि, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । लधुवित्तको सभा महालक्ष्मी नगरपालिका, लुभु ललितपुरस्थित लुभु पार्टी प्यालेस एन्ड क्याटेरिङ सेन्टरमा दिउँसो १२ः३० बजे सुरु हुनेछ ।

लघुवित्तले साउन २४ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले साउन २३ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्