सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका घाइते पाइलटको अवस्था खतरामुक्त

काठमाडौं, ९ साउन  । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था अहिलेसम्म खतरामुक्त रहेको पाइएको छ । केएमसी अस्पताल उच्च स्रोतकाअनुसार उनको अनुहारमा ठूलो चोट लागेको छ तर पनि उनी कुराकानी गर्नसक्ने अवस्थामा रहेका छन् ।

उनको मेरुदण्डको ‘एल टु’ भाँचिएको देखिएको छ । अनुहारमा गहिरो चोट लागेको छ । तर अहिलेसम्म अवस्था खतरामुक्त छ, अस्पताल स्रोतले भन्यो –उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । एक मात्र दुर्घटनाका जीवित साक्षी पाइलट शाक्यको उद्धार सम्भव भएको थियो ।

प्रतिक्रिया दिनुहोस्