गाजामा इजरायली आक्रमणका कारण खान युनिसबासी रक्तपातपूर्ण दिनहरू भोग्दैछन्

काठमाडौं,९ साउन । प्यालेस्टाइनको खान युनिसमा इजरायली सेनाले आक्रमण गरेदेखि कम्तीमा १२१ प्यालेस्टाइनीको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । मङ्गलबारको सबैभन्दा रक्तपातपूर्ण इजरायली आक्रमणमा झण्डै ९० जनाको मृत्यु भएको थियो । इजरायली सेनाले प्यालेस्टिनी लडाकुहरूको कडा प्रतिरोधको सामना गरिरहेको छ ।

लगभग १ लाख ५० हजार खान युनिसका बासिन्दाहरू एकै दिनमा भाग्न बाध्य भएका छन् । खान युनिसका बासिन्दाहरू त्यहाँबाट भाग्नको लागि उनीहरूले कुनै पनि पूर्वाधार नभएका क्षेत्रमा भाग्न केही मिनेट मात्र पाएका थिए ।

अमेरिकी कांग्रेसमा इजरायली प्रधानमन्त्रीको निर्धारित सम्बोधन अघि वाशिंगटन, डीसीमा सयौं प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको थियो । युद्ध अपराधको लागि सम्भावित गिरफ्तारी वारेन्टको सामना गर्ने नेतान्याहूले राष्ट्रपति बिडेन, साथै राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिस र डोनाल्ड ट्रम्पलाई भेट्ने सम्भावना छ ।

गाजामा इजरायलको युद्धमा कम्तिमा ३९,१४५ जनाको मृत्यु भएको छ भने ९० हजार २ सय ५७ जना घाइते भएका छन् । अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणमा इजरायलमा मर्नेहरूको संख्या १ एक हजार १ सय ३९ अनुमान गरिएको छ र दर्जनौं मानिसहरू अझै गाजामा बन्दी छन् ।

  • एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्