सौर्य एयरलाइन्सको जहाज दुर्घटना: १३ जनाको शव दुर्घटनास्थलबाट निकालिए, मर्मतका लागि भनेर काठमाडौँबाट पोखराका लागि उडेको खुलासा

काठमाडौँ, ९ असार । सौर्य एयरलाइन्सको जहाज मर्मतका लागि भनेर काठमाडौँबाट पोखराका लागि उडेको खुलासा भएकोछ । एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले जहाज मर्मतका लागि पोखरा पठाइएको बताउँदै यसको पुष्टि गरेका हुनु ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै दुर्घटना जहाजमा १९ यात्रु सवार रहेको जानकारी प्राप्त भएको छ । दुर्घटनामा चालक मनिष शाक्यलाई घाइते अवस्थामा उद्धार गरेर काठमाडौँ मेडिकल कलेज पठाइएको सूचना प्राप्त भएको छ ।

यस्तै अन्य यात्रुहरुको उद्धार कार्य जारी रहेको उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन् । जसअनुसार १३ जनाको शव दुर्घटनास्थलबाट निकालिएको छ ।

सौर्य एअरलाइन्सको एन एएमई जहाज दुर्घटनापछि गृहमन्त्री रमेश लेखक घटनास्थल पुगेका छन् । जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने केही नजिकको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

विमानस्थलबाट उड्ने बित्तिकै असन्तुलित भएर जहाज तल भुईँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले विमानस्थलबाट उड्ने बित्तिकै जहाज एकाएक खसेको जानकारी दिए । नेपाली सेना, शसस्त्र प्रहरी, तथा नेपालको प्रहरीको टोलिहरु उद्धारमा खतिएका छन् । कति जना मृत्यु भएको भन्ने अझै एकिन भएको छैन । उपचारको लागि सबै एम्बुलेन्सहरु र दमकल प्रयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्