आँखुखोला जलविद्युतल कम्पनीले साउन २७ गतेदेखि १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं,९ साउन । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साउन २७ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ १५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १ गते बुकक्लोज गरेको थियो । असार ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यस हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । यस हकप्रद शेयरमा भदौ १६ गतेसम्म आवेदन दिन सकिनेछ ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग बी माइनस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरेर पनि आवेदन दिन सक्नेछन्।

कम्पनीको हालको चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्