बिजुलीको लाइन काटिएका ६ उद्योगमा आजै बिजुली जोड्न प्राधिकरण शर्तसहित तयार

काठमाडौं,८ साउन । नेपाल विद्युत प्राधिकरणले काटिएका ६ वटा उद्योगमा मंगलबार नै लाइन जोड्न शर्तसहित तयार भएको छ । ऊर्जामन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशकबीच मंगलबार नै विद्युत जडान गर्ने सहमति भएको हो ।

डेडिकेटेड र ट्रंकलाइनको प्रिमियम महशुल वक्यौदा असुल उपर गर्ने सम्बन्धमा प्राधिकरणले यस्तो निर्णय गरेको छ । अबको तीन महिनाभित्र उधोगीहरुको वक्यौता विद्युत महशुल भुक्तानी नगरेमा पुनः बक्यौता असुल उपर गरी कारवाही अगाडि बढाउने गरी विद्युत नियमन आयोगको निर्देशन अनुसार उद्योगहरुको विद्युत लाइन जोडने, निर्णय गरेको हो ।

उद्योगीहरुको दवाब र लगानीको वातावरण नबिग्रियोस भन्ने तर्फ प्राधिकरण सचेत रहेको र उधोगीहरुको वक्यौता विद्युत महशुल भुक्तानीको समयसिमा दिएर लाइन जोड्न लागेको प्राधिकरण स्रोतले भन्यो । यसबाट दुबै पक्ष विन विनको स्थितीमा रहने छन् ।

प्रतिक्रिया दिनुहोस्