पुँजीगत लाभ कर बढ्दा भारतीय शेयर बजार आयो गिरावट

काठमाडौं, ८ साउन । भारतले बजेटमार्फत पुँजीगत लाभ कर बढाउने निर्णय गरेपछि भारतीय शेयर बजारमा तीव्र गिरावट आएको छ । आज सेन्सेक्स १२७७.७६ अंकभन्दा बढीको गिरावटसँगै ७९ हजार २२४.३२ को स्तरमा आएको हो । त्यस्तै, निफ्टीमा ४३५.०५ अंकको गिरावट आएर २४ हजार ७४.२० को स्तरमा आएको छ ।

वित्तीय सम्पत्तिमा अल्पकालीन पुँजीगत लाभमा लाग्ने करको दर १५ प्रतिशतबाट २० प्रतिशत पुर्याइएको छ । त्यसैगरी, दीर्घकालीन पुँजीगत लाभ करको दर १० प्रतिशतबाट बढाएर १२.५ प्रतिशत पुर्याउने घोषणा गरिएको छ ।

बृद्घि भएको पुँजीगत लाभ करका कारण बजारमा केहि समय नकारात्मक जस्तो देखिए पनि लामो समयसम्म प्रभाव नरहने शेयर बिश्लेसकहरुले अनुमान गरेको बताइएको छ ।

– एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्