महिला लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं,८ साउन । महिला लघुवित्तको १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । यस सेयरमा आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

लघुवित्तको यस लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ७०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यस सेयर खरिद गर्न चाहने आवेदकले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, लेखनाथमार्ग ठमेल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्