सूर्योदय वोमी लघुवित्तको १ लाख ६ हजार कित्ता संस्थापक सेयर बिक्री

काठमाडौं,८ साउन । सूर्योदय वोमी लघुवित्तका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख ६ हजार ८४८ कित्ता सेयर बिक्री खुला गरेको छ । यस सेयरमा सूर्योदय वोमीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आजदेखि ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय महालक्ष्मी–४ ललितपुर र सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

लघुवित्तले तोकेको सो अवधिमा कुनै पनि संस्थापकहरुबाट आवेदन नपरेमा भने उक्त सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जारी गरेको सूचनामा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्