चितवनमा गैंडा मृत फेला, संकटमा बन्यजन्तु

काठमाडौं,८ साउन । चितवनको भगेडी भन्ने स्थानमा एउटा बयस्क गैंडा मृत फेला परेको छ ।

भरतपुर महानगरपालिका -२६ भगेडी भन्ने स्थानमा एक सिङ्गे पोथी गैंडा मृत फेला परेको हो । एक व्यक्तिको मकै बारीमा पोथी गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

गैंडाको मृत्युको के कारणले भएको सो भने खुलिसकेको छैन । चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका छन् । अनुसन्धानपछि मात्र मृत्युको कारण आउने निकुञ्ज सोतले जनाएको हो ।

गत आर्थिक वर्षमा चितवनमा २१ वटा गैंडाको मृत्यु भएको थियो । १८ वटा कालगतीले र दुई वटा चोरी शिकारीले मृत्यु भएको थियो । एउटा गैंडाको मृत्युको कारण भने खुलेको छैन ।

बर्षेनी जंगली जनावरको चोरी सिकारी र स्थानियद्वारा धरापमा पारेर मार्ने प्रवृती नरोकिएको र चोरी सिकारीले यी बन्यजन्तुका बिभिन्न अंग बिक्री बापत ठूलो रकम पाउने लोभले सिकार बढ्दै गएको हो । जसले गर्दा अहिले बन्यजन्तु संकटमा परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्