श्रीजनशील लघुवित्तले लाभांश बिनै बोलायो साधारण सभा

काठमाडौं,८ साउन । श्रीजनशील लघुवित्तले साउन ३२ गते वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तले सभा विनायक होटल एन्ड बर्दिवास, महोत्तरीमा बिहान ११ बजे सुरु हुनेछ । लघुवित्तले लाभांश बिनै साधारण गर्न लागेको हो ।

सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पनि रहनेछ ।

त्यस्तै अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नको लागि १ जना सञ्चालकको निर्वाचन समेत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्