सूर्योदय वोमी लघुवित्तको एफपीओमा ४०५ गुणा भन्दा बढी माग

काठमाडौं,७ साउन । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ तीन दिनमै ४०५ गुणा भन्दा बढी माग भएको छ । शुक्रबारदेखि निष्काशन गरिएको एफपीओमा सोमबारसम्म एक करोड ८९ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको हो ।

सोमबार बेलुकीसम्ममा १२ लाख ८८ हजार ८१८ जनाले आवेदन दिएको सीडिएस एण्ड क्लियरिंग लिमिटेडले जानकारी दिएको छ । लघुवित्तले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ हजार ७२९।५४५० कित्ता शेयर निष्काशन गरेको थियो ।

आजसम्ममा एक करोड ८९ लाख ३१ हजार ९०० कित्ताका लागि एक अर्ब ८९ करोड ३१ लाख ९० हजार रुपैयाँ बराबरको एफपीओ माग भएको हो ।

यस शेयरका लागि भोलिसम्म आवेदन दिन सकिनेछ । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ता र अधिकतमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्