सिद्धार्थ बैंकको ७२ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

काठमाडौं,७ साउन । सिद्धार्थ बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ७२ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा जो व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् ।

यसअघि बैंकका विद्यमान संस्थापकहरुलाई सेयर बिक्री खुला गर्दा आवेदन नपरेको हुनाले बैंकले यसपटक अन्य लगानीकर्ताले पनि आवेदन दिन व्यवस्था गरिदिएको हो ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज सोमबार आजदेखि ७ दिन भित्र कार्यालय समयभित्र यस बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्