भ्रष्टाचारबिरुद्ध लड्दा सरकारबाट हट्नु पर्यो : प्रचण्ड

काठमाडौं,७ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्ध लड्दा आफुले सरकारबाट हट्नु परेको टिप्पणी गरेका छन् । आफू नेतृत्वको सरकारले भ्रष्टाचारका ठूला फाइल एक पछि अर्को खोल्दै जाँदा त्यसबाट डराएर सरकारविरुद्ध षडयन्त्र गरेको उनको भनाइ छ ।

खुमलटारस्थित निवासमा आज वाईसीएलका नेता–कार्यकर्ताहरुसँगको भेटमा प्रचण्डले सो धारणा राखेका थिए । ‘मेरो नेतृत्वको सरकारले सुशासनको पक्षमा राम्रो काम गर्दै आएको थियो तर कतिपयलाई त्यो मन परिरहेको थिएन । त्यसैले सरकार गिराइयो । वाईसीएलका एक नेताले भने, ‘राम्रो काम गर्दागर्दै सरकारबाट हटाइए पनि सुशासनको पक्षमा निरन्तर प्रतिबद्घताका साथ लागि पर्नेछौं ।

आफू नेतृत्वको सरकारले जनपक्षीय काम गरेको जिकीर गर्दै प्रचण्डले त्यसको मूल्यांकन जनताले गरेको बताए । सरकार बाहिरै रहेर सुशासन र समृद्धिको पक्षमा सरकारलाई खबरदारी गरिरहने पनि उनले बताए ।

अध्यक्ष प्रचण्डले सरकारले गरेका राम्रा कामबारे कार्यकर्ता र जनतालाई बुझाउन जरुरी रहेको भन्दै त्यसमा भूमिका खेल्न युवाहरुलाई आह्वान समेत गरेका थिए ।

हामीले गरेका काम जनताको तहमा राम्रो छाप परेको छ, अब तल्लो वर्ग, समुदायसँग पार्टी र नेताहरु जोडिने गरी नयाँ कार्यक्रम बनाएर जनतामा जानुपर्छ त्यसैमा लाग्न कार्यकर्ता लाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्