एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वको नागरिक लगानी कोषको शेयर बेच्दै

काठमाडौं,७ साउन । एनआईसी एशिया बैंकले नागरिक लगानी कोषको सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक सेयर आज साउन ७ गतेदेखि बिक्रीमा राखेको हो ।

बैंकले बिक्रीमा राखेको नागरिक लगानीको कोषको उक्त सेयरको मूल्य प्रतिकित्ता ७०७ रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले साउन १४ गतेसम्म आवेदन दिनुपर्नेछ ।

एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको यस सेयर बिक्री प्रबन्धकमा एनआर्ईसी एशिया क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्