नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आम्दानीसंगै नाफा पनि घट्यो
काठमाडौं,७ साउन । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा ५.९८ प्रतिशतले घटेर १ अर्ब ३३ करोड ५ लाख ९३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिसम्म बैकले १ अर्ब ४१ करोड ५२ लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस अवधिमा खुद ब्याज आम्दानी र फि तथा कमिसनाट हुने आम्दानी घटेकाले खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी ६.४७ प्रतिशतले घटेर २ अर्ब ५४ करोड ९७ लाख ३६ हजार रुपैयाँमा सीमित भएको छ । त्यसैगरि, खुद फि तथा कमिसनबाट हुने आम्दानी ५४.२६ प्रतिशतले घटेर १ करोड ४ लाख १२ हजार रुपैयाँमा सीमित भएको छ ।
२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको प्रतिसेयर आम्दानी ३९ पैसाले घटेर ६ रुपैयाँ १६ पैसामा सीमित भएको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ७० पैसा रहेकोछ ।
प्रतिक्रिया दिनुहोस्