साउने सोमबार पशुपतिनाथ लगायत देशभरका शिवमन्दिरहरुमा श्रद्धालु भक्तजनहरुको भिड
काठमाडौं, ७ साउन। यो साउन महिना भगवान शिवको महिमा गर्ने, पूजा/आजा गर्ने महिना हो ।त्यो पनि साउने सोमबार श्री पशुपनिाथलगायत देशभरका शिबमन्दिरहरुमा भक्तजन श्रद्धालुको भिड लागेको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले आज पशुपतिनाथ दर्शनका लागि व्रतालु तथा श्रद्धालुको भीड लागेको छ । यस दिन विशेष रूपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।
नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा छ । पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा भक्तजनको भीड लाग्छ ।
यस वर्षको श्रावणको पहिलो सोमबार व्रतालु तथा श्रद्धालुहरूको झरीमा रुझ्दै भगवान् शिवको दर्शनको लागि लामबद्ध भएका छन् । भगवानप्रति दर्शन भक्तजनको पानी, वर्षा, झरीको कुनै पूवाह गरेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्