प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रम हुने

काठमाडौं, ७ साउन। आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद्मा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रम हुने कार्यसूचि रहेको संसद सचिवालयेले जनाएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रम रहेको छ । त्यस्तै बैठकमा कानुनमन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । संसदमा चल्ने यो कार्यक्रमले राष्ट्रिय मुद्धामा छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्