प्रतिनिधि सभा बैठकमा पूर्वमन्त्रीले भने ५ हजार घुस दिएर आएँ, सरकारको सुशासनको नारा अब कागजमा सिमित
काठमाडौं,६ साउन । पूर्व वनमन्त्री वीरेन्द्रप्रसाद महतोले शिक्षा मन्त्रालयअन्तर्गत सानोठिमी कार्यालयमा ५ हजार रुपैयाँ घुस दिएको बताएका छन् । सरकारको सुशासनको नारा अब कागजमा मात्रै सिमित रहेको बताए । उनले आइतबारको प्रतिनिधि सभा बैठकमा जनता समाजवादी पार्टीका सांसदसमेत रहेका महतोले छोराको समकक्षता पत्र लिन सानोठिमी गए पनि समयमा काम नभएपछि ५ हजार रुपैयाँ घुस दिएको बताएका हुन् ।
उदाहरण दिँदै महतोले भने, ‘म हिजो, म भूपू मन्त्री र मैले हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा ५ हजार घुस दिएर आएको छु, कसले पत्याउँछ ? मेरो छोराको सर्टिफिकेट इक्युभ्यालेन्ट (समकक्षता) गर्नुपर्ने थियो,मैले ११ बजे पठाएको ३ बजेसम्म गर्दिएनन्, यो मिलेन, त्यो मिलेन भने। यसो भएन, हेर्दा सबै कागज मिलेको छ।’ महतोले भने, ‘म आफै गएँ, त्यो एउटा अधिकृतले कागज मिलेको छैन भने, मैले भने भर्खर १ महिना थियो १० वटा विद्यार्थीलाई गरेका छौ भन्दा खेरि कागज मिलेन भन्दै चिया खाने समय भयो भने ४ बजेसम्म आएनन्। त्यो बिचौलियालाई गएर ५ हजार दिएँ, ५ मिनेटमा काम गरेर ल्याइदियो। अनि हामी सुशासनको कुरा गर्छौं । भ्रष्टाचार रोक्ने कुरा गर्छौं कहाँबाट रोक्ने कि माथिबाट स्पष्ट हुनुपर्यो ।
उनले भने देशमा भ्रष्टाचारले यति ठूलो जरो गाडेको छ कि हामी चाहेर पनि यो रोक्न सक्ने अवस्थामा छैनौं । हामीले आफ्नो बारेमा मात्र नसोचौं निजामति कर्मचारीको तलब बढाउँ । घुस नखाइ परिवार चलाउन सक्दैन भने घुस लिने गर्छन, बाध्यता छ, आफ्नो बारेमा मात्र नसोचौं । यो सामाजिक रोगको निदानको लागि बेलैमा सोचौं । उनले भने ।
प्रतिक्रिया दिनुहोस्