कांग्रेसले आफ्ना कमजोरीहरू सुधार गर्दै जानु पर्छ : महामन्त्री गगनकुमार थापा
काठमाडौँ, ६ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रै रहेका कमजोरीहरुको सुधार गर्न आवश्यक रहेको र सुधारदै जानु पर्ने बताएका छन् ।
आज ४२ औं बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रीय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । ‘नेपाली कांग्रेसले आफूलाई नयाँ बनाउनका लागि परपर खोज्ने नभई आफैँ भित्र खोज्नुपर्छ । त्यो शक्ति, क्षमता हामीसँगै अनि हामीभित्रै छ ।
त्यसैले पठन संस्कृतिलाई नेपाली कांग्रेसले अझै बढाउन जरुरी छ । अझ आफु भित्रको अध्यारोबाट उज्यालो तर्फ फर्कनु पर्छ । नेपाली कांग्रेसका साथीहरु विभिन्न जिम्मेवारीमा हुनुहुन्छ, हाम्रो लाखौँको संख्यामा रहेका हाम्रा कार्यकर्ता, शुभचिन्तक साथीहरु हुनुहुन्छ । नेपाली कांग्रेसको साथीहरुले जहाँ छलफलमा भाग लिनुहुन्छ, हामीले गर्ने बहस तथ्यमा आधारित हुनुपर्छ । हामी कहि कतैबाट बहकिनु हुँदैन हामीलाई जनताले दिएकोे जिम्मेवारीबाट रत्तिभर बिचलित नभएर सत्यको बाटोमा लागि रहनु पर्छ । त्यसका निम्ति पनि पठन संस्कृति अनिवार्य छ ।
“बौद्घिक स्तर बढाउन ज्ञान आवश्यक भएको र त्यसका लागि पुस्तकालयले प्रेरित गर्दछ । हामीलाई एउटा स्रोतकेन्द्र पनि चाहिएको थियो” थापाले भने ।
प्रतिक्रिया दिनुहोस्