हिमालय ऊर्जाले साउन २४ गतेदेखि हकप्रद सेयरमा आवेदन दिन सकिने

काठमाडौं,६ साउन । हिमालय ऊर्जा विकास कम्पनीले साउन २४ गतेदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

उक्त हकप्रद सेयरको लागि कम्पनीले असार २० गते बुक क्लोज गरिसकेको छ । असार १९ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । हिमालय ऊर्जाले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस कम्पनीको हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्सले आइआरएन डबल रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ ।

यसको हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट बैंकिंङले बिक्री प्रबन्धकको काम गर्नेछ । हकप्रदमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ र लक्ष्मी सनराइज बैंकको गोकुल गंगा गाउँपालिका, शिवालय रामेछापबाट पनि आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

यस कम्पनीको चुक्ता पुँजी ९९ करोड रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्