सिन्धुपाल्चोकमा भारी वर्षासँगै खसेको पहिरोले शाखा सडकसहित अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्द

काठमाडौं, ६ साउन। देशको विभिन्न स्थानमा भारी वर्षका कारण बाढी पहिरो गईरहको छ । यस्तै देको संवेदशसिल स्थान सिन्धुपाल्चोकमा भारी वर्षासँगै खसेको पहिरोले मुख्य र शाखा सडकहरु ठाउँ÷ठाउँमा अवरुद्ध भएका छन् ।

पहिरोले तातोपानी जोड्ने अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका जनाएको छ ।

प्रहरीका नअनुसार बाह्रबिसे–तातोपानी सडकखण्डको डाक्लाङ भन्ने स्थानमा सडक भासिएपछि दुईतर्फी नै राजमार्ग अवरुद्ध छ । भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता माधव काफ्लेका अनुसार सडक मर्मतको काम भइरहेको छ । ‘एक ठाउँमा मात्र छैन, जिल्लाका ३०(४० ठाउँमै पहिरोले सडकमा क्षति पुर्‍याएको छ,’ उनले भने ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुपाल्चोकका ढुङ्गे, गोबरे, गुम्थाङ, भोताङ र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ । सो क्षेत्र भएर बग्ने मेलम्ची, इन्द्रावती र सहायक खोलाहरूमा बाढीले र भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन विभागले एसएमएस पठाएर अनुरोध गरेको छ । बाढि र पहिरोले धेरै जनधनको क्षती हुनसक्ने भएकाले सबैले सतर्कता अपनाउ आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्