प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

काठमाडौं, ६ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । प्रतिनिधि सभाको आज दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्दै विश्वासको मत लिन लागेका हुन् ।

दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री ओली नेपाली कांग्रेससमेतको समर्थनमा ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

२७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कम्तिमा १३८ मत चाहिन्छ । ओलीसँग दुई तिहाई बहुमत देखिएको छ ।

कांग्रेस ९८८, एमाले ९७९०, जसपा ९७० र लोसपा ९४० सरकारमा सहभागी छन् भने जनमत, नागरिक उन्मुक्ति लगायतका दलले पनि समर्थन गर्ने बताएका छन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा र राप्रपालगायत दलले भने ओलीको विपक्षमा मतदान गर्नै निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्