सूर्योदय वोमीको एफपीओमा पहिलो दिनमै मागभन्दा १०५.४० गुणा बढी आवेदन

काठमाडौं,४ साउन । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओ मा पहिलो दिनमै मागभन्दा १०५.४० गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले पहिलो दिन साँझसम्ममा ४९ करोड २५ लाख ४२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

यस एफपीयोमा ३ लाख १० हजार ८८ जना आवेदकहरुले ४९ लाख २५ हजार ४२० कित्ताका लागि आवेदन दिएका हुन् । यस लघुवित्तले आजदेखि प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७२९ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो । यसमा साउन ८ गतेसम्म आवेदन दिन सकिनेछ ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्