सन नेपाल लाइफ र नेपाल इन्सुरेन्सले हकप्रद अनुमति माग्दै पुगे धितोपत्र बोर्ड

काठमाडौं,४ साउन । सन नेपाल लाइफ इन्सुेन्सले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति माग्न नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले २७ प्रतिशत अर्थात १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि अनुमति मागेको हो । बोर्डको अनुमती पाएमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब २६ करोड ९६ लाख ३२ हजार रुपैयाँ पुग्नेछ । सन नेपालको हकप्रद सेयरमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ ।

त्यस्तै, नेपाल इन्सुेन्सले पनि ४० प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १०ः४ अनुपातमा ६५ लाख ७६ हजार ९३७.७६ कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि अनुमति मागेको हो । बोर्डको अनुमती पाएमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँ बराबरको हकप्रद सेयर गर्नेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यसको चुक्ता पुँजी २ अर्ब ३० करोड १९ लाख रुपैयाँ पुग्नेछ । नेपाल इन्सुेन्सको हकप्रद सेयरमा एनआइएमबी एस क्यापिटले बिक्री प्रबन्धक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्