शुक्रबार ल्याउने तयारीमा रहेको मौद्रिक नीति एकाएक रोकियो

काठमाडौं, ४ साउन । आज शुक्रबार ल्याउने तयारी रहेको मौद्रिक नीति एकाएक रोकिएको छ । सञ्चालक समितिमा मौद्रिक नीतिबारे छलफल गर्ने समय कम भएकाले तत्काललाई रोकिएको स्रोतले जनाएको छ । मैद्रिक नीतिमा केहि सुधार र हेरफेर गर्नुपर्ने भएकोले रोकिएको छ ।

यसअघि आज बिहान राष्ट्र बैंक सञ्चालक समिति बसेर नीति पारित गर्ने तयारी थियो ।
‘यसबारे सञ्चालक समितिमा छलफल गर्न थप केही समय चाहिने भयो, त्यसकारण शुक्रबार सार्वजनिक हुने सम्भावना टरेको राष्ट्रबैंकका अधिकारहरुले जनाएको छ । ।

प्रधानमन्त्री केपीशर्मा ओलीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा आइसकेपछि उनले मौद्रिक नीतिबारे परामर्श गर्न खोजेपछि रोकिएको स्रोतले जनाएको छ । आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा आइसकेपछि नीतिमा केहि कुराहरु समेट्नको लागि यो केहि छलफलका लागि यो मौद्रिक नीति सार्वजनिक गर्न ढिलाई भएको हो ।

प्रतिक्रिया दिनुहोस्