प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा डा.खतिवडा नियुक्त
काठमाडौं, ३ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा डा युवराज खतिवडा नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार रिमाल र आर्थिक सल्लाहाकारमा डा खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीको नेकपा एमालेका उपमहासचिव रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार नै थिए ।
त्यस्तै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा.युवराज खतिवडा नियुक्त भएका छन् । उनी २०७४ सालमा ओली मन्त्रिपरिषदमा अर्थमन्त्री थिए ।
राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएपछि उनी केही समय प्रधानमन्त्रीको आर्थिक सल्लाहकारको हैसियतमा पनि काम गरेका थिए । प्रधानमन्त्रीलाई राजनीतिक र आर्थीक सल्लाह दिनको लागि ।्रल्लाहकाकार राख्ने चलन छ ।
प्रतिक्रिया दिनुहोस्