सुनको मूल्यमा सामान्य गिरावट
काठमाडौं, ३ असार । आज सामान्य सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेर सामान्य गिरावट भएको छ । पछिल्लो चार कारोबार दिनदेखि सुनको मूल्यले निरन्तर रुपमा नयाँ उचाइ बनाउदै बढेको थियो । यस दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला एक लाख ४८ हजार ८०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
बुधबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४९ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो । सुनको मूल्य गत शुक्रबारदेखि निरन्तर रुपमा नयाँ रेकर्ड बनाउदै बढेको थियो ।
महासंघका अनुसार यस दिन चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदीको मूल्य एक हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो । दिनानुदिन सुनकमो भाउमा रेकड बैक हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्