प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने, देशबासीका नाममा सम्बोधन पनि त्यसै दिन

काठमाडौं, २ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन् ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री ओलीले आइतबार (साउन ६ गते) विश्वासको मत लिने भएका हुन्।

त्यस दिन उनले देशबासीका नाममा सम्बोधन समेत गर्नेछन्। त्यसपछि उनले विश्वासको मत समेत लिने छन् । प्रधानमन्त्री नियुक्त भएसँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रधानमन्त्री ओलीले गत सोमबार शपथ ग्रहण गरेका थिए।

सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाका अनुसार आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् । एमाले अध्यक्ष ओली संविधानको धारा ७६ (२) अनुसार ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ । ओलीसँग दुई तिहाई बहुमत देखिएको छ ।

कांग्रेस ८८०, एमाले ७९ जसपा ७ र लोसपा ४ सरकारमा सहभागी छन् भने जनमत, नागरिक उन्मुक्ति लगायतका दलले समर्थन गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्