सम्पदा लघुवित्तको अध्यक्षमा कृष्णबहादुर थापा

काठमाडौं,२ साउन । सम्पदा लघुवित्त वित्तीय संस्थाले गत साउन ३० गतेबाट एकीकृत वित्तीय कारोबार शुरु गरेको छ ।

साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्था एकापसमा विलय भएपछि उक्त कम्पनी एकीकृत वित्तीय कारोबार शुरु गरेको हो । मर्जरपश्चात बनेको सम्पदा लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय बन्दीपुर गाउँपालिका –१ डुम्रे तनहुँमा रहको छ ।

एकीकृत वित्तीय कारोबार पछि गत असार ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्षमा कृष्णबहादुर थापालाई चयन गरेको हो । उक्त बैठकले सञ्चालक समिति सदस्यहरुमा नरहरि ढकाल, जीबमूर्ति पन्त, प्रदीप सिग्देल, दिनेश अर्याल तथा श्यामप्रसाद श्रेष्ठलाई चयन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्