काँग्रेसको भागमा ९ र एमालेको भागमा ८ मन्त्रालय भागवण्डा

काठमाडौं, ३० असार । नेपाली काँग्रेस र नेकपा एमालेबीच मन्त्रालयको भागबण्डा मिलेको छ । स्रोतका अनुसार काँग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालय पाएको हो । यसअघि काँग्रेसले १० र एमालेले ९ मन्त्रालय पाउने सहमति भएपछि अहिले साना दल पनि सरकारमा भाग लिँदा कम भाग परेको बुझिएको छ ।

स्रोतका अनुसार एमालेले अर्थ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सञ्चार, शिक्षा, उद्योग, संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय पाएको छ ।

यस्तै, काँग्रेसले गृह, रक्षा, परराष्ट्र, उर्जा, स्वास्थ्य, सहरी, संस्कृति पर्यटन तथा नागरिक उडड्यन, कानुन र वन तथा वातावरण मन्त्रालय पाएको छ ।

राष्ट्रपति राचन्द्र पौडेलले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नियुक्त गरिसकेका छन् । काँग्रेसबाट प्रकाशमान सिंहले सरकारको नेतृत्व गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्