ट्रम्पमाथि चुनावी र्यालीका क्रममा गोली प्रहार

काठमाडौं, ३० असार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि चुनावी भाषण गरिरहेको अवस्थामा गोली प्रहार भएको छ ।

पेन्सिल्भेनियाको बटलरमा ट्रम्पको र्‍यालीमा गोली चलेपछि अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले स्टेजबाट बाहिर निकालेका थिए ।

ट्रम्पलाई बाहिर निकाल्ने क्रममा उनको कानबाट रगत आएको देखिएको थियो । सुरक्षा निकायले जारी गरेको विज्ञप्ति अनुसार ट्रम्प सुरक्षित रहेको बताएका छन् । यस घटनाको चौतर्फी निन्दा भइरहेको छ । राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिसले घटनाको निन्दा गरेका छन् ।

गोली प्रहार गर्ने व्यक्तिलाई घंतास्थलमै सुरक्षाकर्मीले गोली हानेका थिए । र उनको मृत्यु भएको बताइएको छ ।

ट्रम्पले एक विज्ञप्ति जारी गर्दै आफ्नो कानको उपल्लो भागमा गोली लागेको र आफु सुरक्षित रहेको बताउदै अमेरिकी सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्