एमालेका अध्यक्ष ओली आज चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदै

काठमाडौं, ३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि शुक्रबार नै दलहरूलाई आह्वान गरेका थिए । ओलीले सोही दिन कांग्रेसको समर्थनमा १६६ सांसदसहित दाबी पेस गरेका थिए ।

दाबी पेस गर्ने समय आज साँझ ५ बजेसम्म छ । त्यसपछि राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नेछन् । शपथ ग्रहण कर्मक्रम भने सोमबारका लागि तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसपटक ओली चौथो पटक प्रधानमन्त्री नियुक्त हुन लागेका हुन् । उनले संविधानको धारा ७६ (२) अनुसार गठन हुने सरकारको नेतृत्व गर्दैछन् ।
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि शुक्रबार नै दलहरूलाई आह्वान गरेका थिए । ओलीले सोही दिन कांग्रेसको समर्थनमा १६६ सांसदसहित दाबी पेस गरेका थिए ।

दाबी पेस गर्ने समय आज साँझ ५ बजेसम्म छ । त्यसपछि राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नेछन् । शपथ भने सोमबारका लागि तय भएको छ ।

यसपटक ओली चौथो पटक प्रधानमन्त्री नियुक्त हुन लागेका हुन् । उनले संविधानको धारा ७६ ९२० अनुसार गठन हुने सरकारको नेतृत्व गर्दैछन् ।

ठीक ३ वर्षअघि, २०७८ असार २८ गते सर्वोच्च अदालतको ‘परमादेश’ पछि ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हन्तान्तरण गर्न बाध्य भएका थिए ।

त्यसअघि उनले सत्तामा टिकिराख्न गर्न सक्ने सबै गर्न हुने/नहुने उपाय गरेका थिए । देश नै एक ठूलो संवैधानिक तथा राजनीतिक संकटको भुमरीमा फसे जस्तो भान भएको थियो । देउवाको प्रधानमन्त्रित्वलाई ओलीले ‘जनादेशका विरुद्ध परमादेशको सरकार’ भन्दै हियाउने, ओल्चिने र अपमान गर्ने गरेका थिए ।

यही घटनाक्रमको सेरोफेरोमा पाँचदलीय गठबन्धन बनेको थियो । कांग्रेस नेतृत्वको ‘गठबन्धन’ र एमाले नेतृत्वको ‘तालमेल’ बीच प्रतिस्पर्धात्मक आम निर्वाचन भई ताजा जनादेश अभिव्यक्त भएको थियो । तरस लोकतन्त्र, संविधान, संविधानवाद, आवधिक निर्वाचन, जनादेश( यिनको मूल्य दल र नेताहरूको सत्ता स्वार्थ अगाडि कति नै हुन सक्छ रु

तिनै देउवाको सहमति र समर्थनमा असार २८ गते ओलीले प्रधानमन्त्री पद फेरि एकपटक दाबी र प्राप्त गरेका छन् । यो फन्कोको बीचमा तेस्रो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पालो आएकै हो । प्रचण्डले दुई ठूला दलको बीच सकेसम्म खेलेर आफ्नो ‘भाग’ लिएकै हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्