त्रिशूली नदीमा डुबेको दुई बस यात्रुको खोजीमा खटिएका टोलीले गाडीको झ्यालको पर्दा र बच्चाको ट्र्याक सुट भेटे, उद्धार कार्य आजलाई स्थगित
काठमाडौं, २८ असार । सीमलताल पहिरोमा परि त्रिशूली नदीमा डुबेको दुई बस यात्रुको खोजीमा खटिएका उद्दार टोलीले वीरगञ्जको एङ्जल गाडीको झ्यालको पर्दा र १० वर्षको उमेरको बच्चाको ट्र्याक सुट भेटेको छ । कपडा भेटिएको स्थानमा नै बस रहेको हुनसक्ने अनुमान पनि उद्दार टोलीले गरेको छ । तर आजको उद्धार रोकेका छन् ।
उद्धार कार्यमा साँझ र रातीमा काम गर्न नसक्ने भएपछि उद्दार कार्य आजलाई रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।
उनका अनुसार आज दिनभर उद्दारमा संलग्न टोलीले वीरगञ्जको एङ्जल गाडीको झ्यालको पर्दा र १० वर्षको उमेरको बच्चाको ट्र्याक सुट भेटेको छ । कपडा भेटिएको स्थानमा नै बस रहेको हुनसक्ने अनुमान पनि उद्दार टोलीले गरेको उनले जानकारी दिए ।
रातिमा पानीको तीव्र बहाबका कारण खोजीमा समस्या भएको उनको भनाइ छ ।















प्रतिक्रिया दिनुहोस्