ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर राष्ट्रपति समक्ष जाँदै काँग्रेस र एमाले
काठमाडौं, २८ असार । नेपाली कांग्रेस र नेकपा एमालेले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर राष्ट्रपति समक्ष जाने भएका छन् ।
नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतलले ओली संविधानको धारा ७६ (२) अनुसार नै प्रधानमन्त्री हुनेमा कुनै समस्या नरहेको बताए ।
त्यस्तै, एमालेका नेता सूर्य थापाले शीतल निवासमा लैजाने प्रस्तावमा हस्ताक्षर भइसकेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्