प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्रीले विश्वासको मत लिँदै

काठमाडौं, २८ असार । प्रतिनिधिसभाको बैठक संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रम रहेको छ।

बैठक सुरू हुनेबित्तिकै सांसदहरूले बोल्न समय माग गरेका थिए।

सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद शंकर भण्डारीलाई बोल्न समय दिए। उनले देशभर बाढीपहिरोले क्षति पुगेको विषय उठाएका छन्।

त्यसपछि सांसद दामोदर पौडेल बैरागी बोलेका छन्। उनले देशभर बाढीपहिरोले क्षति पुर्‍याइरहेको र मुलुकमा सरकार नै नभएको अवस्था रहेको दाबी गरेका छन्।

सांसदहरू बोलेपछि शुक्रबारकै बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत प्रस्ताव पेस गर्ने तयारी छ।

एमाले र जनता समाजवादी पार्टीलगायतले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वास मत लिन लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्