माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं, २६ असार । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे दलकै कार्यालय सिंहदरवारमा बस्न लागेको हो ।

बैठकमा यही असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मत र अन्य राजनीतिक घटनाका बारेमा छलफल हुने नेकपा माओवादी केन्द्रले जनाएको छ ।

नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्ता साझेदारी तोडेर समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । एमाले बाहिरिएपछि अशोक राई नेतृत्वको जसपा पनि सरकारबाट बाहिरिसकेको छ ।

कांग्रेस र एमालेले नयाँ गठबन्धनमा सरकार गठनको तयारी गरिरहेका छन् । माओवादी केन्द्रले समग्र राजनीतिक परिस्थितिको जानकारी सांसदहरुलाई गराउन  दलको बैठक बोलाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्