अविरल वर्षका कारण महाकालीमा नेपाल तर्फका सबै ढोका खोलिए

काठमाडौं, २४ असार । अविरल वर्षका कारण पनिको प्रभावले लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव बढिरहेको छ ।

पानी २ लाख क्युसेक पुगेकाले महाकालीमा नेपाल तर्फका सबै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले जानकारी दिए।

नेपाल तर्फका सबै ढोका खोलेपछि तटीय क्षेत्रका बस्तीहरू प्रभावित भएका छन् । ती बस्तीहरूमा पानी पसेपछि अहिले पनि उद्धारको काम चलिरहेको छ।

नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा तीन दिनदेखि चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।

पानीले खतराको सतह नाघेपछि शनिवार साँझदेखि शारदा ब्यारेजमा रोक लगाइएको सवारीसाधनको आवागमन अझै सुचारु भएको छैन ।

शारदा ब्यारेजमा महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि चार पाङ्ग्रे सवारीसाधनमा रोक लगाउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्