सप्तकोशीमा बाढीको बहाव उच्च, बाधका ५६ वटै ढोका खोलियो

काठमाडौं,२३ असार । सुक्रबार बेलुकीदेखि परेको अविरल वर्षाका कारण पानीको बहाव बढेपछि सप्तकोशी ब्यारेजका सबै ढोका खोलिएको छ ।

कोशी नदिमा पानीको बहाव खतराको संकेत पार गरेसँगै आज बिहान ९ बजेको मापनपछि बाधका ५६ वटै ढोका खोलेको हो ।

यस वर्ष बर्षायान शुरु यता पानीको बहाव उच्च भएपछि कोशीका ५६ वटै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार आज बिहान ९ बजेपछि ३ लाख ६८ हजार क्युसेक पानीको बहाव मापन भएको जनाएका छन् ।

सप्तकोशी नदीको बाढीले खतराको संकेत पार गरेपछि स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई सतर्क रहन र नदिमा पानीको तह बढ्ने भएको हुँदा सचेत र चनाखो हुन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्