आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर बिक्रीका लागि बुक क्लोज मिति तोक्यो

काठमाडौं,२१ असार । आँखुखोला जलविद्युत कम्पनीले १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तोकेको छ ।

कम्पनीले हकप्रद शेयर बिक्री प्रयोजनका लागि साउन १ गतेका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । अब असार ३१ गते सोमबारसम्म कायम रहने सेयरधनीले हकप्रद शेयर भर्न पाउनेछन् ।

कम्पनीले १५० प्रतिशत अर्थात्, १ बराबर १:५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद जारी गर्न लागेको हो । कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्दैछ । हाल कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

कम्पनीले यस हकप्रद शेयर निष्काशनका लागि शेयर बिक्री प्रवन्धकमा नबिल इनभेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्