ब्रिटेनमा १४ वर्षपछि लेबर पार्टीको बहुमत पुगेसँगै प्रधानमन्त्रीमा कीर स्टार्मरको चर्चा

काठमाडौं, २१ असार । ब्रिटेनको निर्वाचनमा लेबर पार्टीले जितेको छ। पछिल्लो १४ वर्षदेखि शासन गरिरहेको कन्जर्भेटिभ पार्टीलाई हराउँदै लेबर पार्टीले बहुमत प्राप्त गरेको छ। ६५० सिटमध्ये ४८८ सिटको नतिजा आइसकेको छ। जसमध्ये लेबर पार्टीले ३४१ सिटमा विजय हासिल गरेको छ।

सरकार बन्नका लागि संसदमा ३२६ सिट आवश्यक पर्दछ। विपक्षी दल कन्जर्भेटिभ पार्टीले अहिलेसम्म ७२ सिटमा जितेको छ।

बीबीसीका अनुसार, लेबर पार्टीका नेता सर कीर स्टार्मर ब्रिटेनको आगामी प्रधानमन्त्री बन्नेछन्। नतिजा आएपछि हार मानेर सुनकले आफ्नो पार्टी, कन्जर्भेटिभ पार्टीसँग माफी मागेका छन्। उनले स्टार्मरलाई फोन गरेर बढाई दिएका छन्।

ब्रिटेनमा हिजो अर्थात ५ जुलाईका दिन बिहान ७ बजेदेखि राति १० बजेसम्म निर्वाचन भएको थियो। मतदान सम्पन्न भएको केही समयपछि एक्जिट पोलका नतिजा सार्वजनिक भएको थियो। जसमा भारतीय मूलका सुनकको कन्जर्भेटिभ पार्टी हार्ने अनुमान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्