नक्कली शरणार्थी प्रकरणका आरोपी बेचन झाको म्याद थपको तयारी

काठमाडौं, २० असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई प्रहरीले म्याद थपका लागि बिहीबार अदालत उपस्थित गराउने तयारी गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले ठगी र संगठित अपराध अन्तर्गतको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्न जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउन लागेको एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनी गत शुक्रबार पक्राउ परेका थिए भने अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न यसअघि दिएको म्याद बिहीबार सकिँदैछ । झाको नक्कली भुटानी शरणार्थी प्रकरणको उच्च राजनीतिक तहको कनेक्सन रहेको बताइँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्