एकीकृत समाजवादीको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै, नेताहरुबीच रस्साकशी

काठमाडौं, २० असार।। नेकपा (एकीकृत समाजवादी) को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । असार १६ गते देखि सुरु भएको महाधिवेशनले शीर्ष नेताहरूबिच सकेसम्म सहमति गरेर नेतृत्व टुङ्ग्याउने भनिए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

अध्यक्षमा माधवकुमार नेपाल र घनश्याम भुसालबिच प्रतिस्पर्धा हुन लागेको छ । साथै अन्य पदमा पनि प्रतिस्पर्धा हुने बताइएको छ ।

सहमति जुटाउन अहिले काठमाडौँको एक होटेलमा शीर्ष नेताहरू छलफलमा जुटेका छन् । असार १६ गतेदेखि जारी पार्टीको महाधिवेशन नेतृत्व चयनसँगै आजै समापन गर्ने तयारी छ । नयाँ नेतृत्वको लागि निकै रस्साकशी भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्