प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

काठमाडौं, १९ असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

एमालेले राष्ट्रिय सरकार निर्माणमा सहयोग पुर्‍याउन प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्ने समय दिएपनि उनले त्यसो नगरेको भन्दै यस्तो निर्णय गरिएको हो । प्रधानमन्त्रीको राजीनामा नआएपछि समर्थन फिर्ता लिने निर्णय गरिएको छ ।अब केही समयमा औपचारिक रुपमा नै एमालेले समर्थन फिर्ताको पत्र दर्ता गर्दैछ। जसपश्चात् उक्त पत्र प्रधानमन्त्रीलाई बुझाउने तयारी पार्टीले गरिरहेको छ ।

एमालेले प्रधानमन्त्रीबाट मार्ग प्रशस्त नभएको भन्दै नयाँ राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रिया अघि बढाउन सरकारलाई दिएको समर्थन फिर्ताको पत्र दर्ता गर्न लागेको हो । त्यसपछि एमालेका मन्त्रीहरुले राजीनामा समेत दिने भएका छन् । यसले गर्दा प्रधानमन्त्रीलाई राजीनामा दिन दवाद परेको छ । नेपाली काँगै्ुले पनि यस अघि नै प्रधानमन्त्रीलाई राजिनामा दिन आग्रह गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्