मुख्यमन्त्रीमा महन्थ ठाकुरलाई प्रस्ताव गरिएको छैनः यादव

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेता महन्थ ठाकुरलाई २ नं प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव नगरिएको जनाएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेश नं २ मा को मुख्यमन्त्री हुने हो भन्नेबारे प्रदेशको निर्वाचनपछि निर्णय हुने प्रस्ट पारे । अध्यक्ष यादवले नेपाली कांग्रेससँग नीति, विचार र विषय नमिल्नाका कारण नै संयुक्त मोर्चा गठन नभएको बताउँदै निर्वाचनका लागि काँग्रेस लचिलो भएमा तालमेल हुन सक्ने विश्वास समेत व्यक्त गरे ।
उहाँले प्रदेश नं २ मा राजपालाई संघीय सदस्यमा १५ र प्रदेशमा ३१ स्थान छाड्नेसहमति पार्टीमा भएको जानकारी दिँदै नेपाली काँग्रेससँग पनि चुनावी सहकार्य भएमा स्थान घटबढ हुने बताउनुभयो ।
अध्यक्ष यादवले अहिलेसम्म आफूले मोरङ, सुनसरी र सप्तरी कुन क्षेत्रबाट संघीय संसद्मा उम्मेदवारी दिने सम्बन्धमा निश्चित नभएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्