नागरिक लगानी कोषले बितरण गर्ने लाभांश सुरक्षित गर्न आजसम्म शेयरधनी बन्नु पर्ने

काठमाडौं,१९ असार । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोली असार २० गते बुकक्लोज गर्दैछ ।

आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्नेछन् ।

कोषले असार ३१ गते, सोमबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा २९ औँ वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजेदेखि शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०।७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरि सभाले शेयरधनी तथा सञ्चालकहरुको तर्फबाट एक एक जना प्रतिनिधि नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्