बभाङको जयपृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं, १९ असार। बभाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षापछि मंगलबार राति खसेको पहिरोका कारण दुई ठाउँमा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार छविसपाथीभेरा गाउँपालिकाको जालेबगर र जयपृथ्वी नगरपालिकाका तमैलमा राजमार्ग अवरुद्ध भएको छ ।

पहिरो पछ्याउन डोजर तयारी अवस्थामा राखिएको भएपनि लगातारको वर्षाका कारण समस्या भएको छ ।

राजमार्ग अवरुद्ध भएपछि बझाङ भित्रिने र छुट्ने सवारीसाधन अलपत्र परेका छन् । यसले गर्दा यात्रूहरुलाई यात्रा गर्न कठिन भएको छ । यात्रुहरु अलपत्र परेको छ ।

प्रतिक्रिया दिनुहोस्