बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई एमालेको आग्रह

काठमाडौं, १८ असार। नेकपा एमालेले बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ ।

मंगलबार बसेको एमाले सचिवालय बैठकले एमाले र कांग्रेसबीचमा भएको सहमति अनुसार संविधानको धारा ७६ (२) को अर्को सरकार निर्माण गर्न बुधबारसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आह्वान गर्ने निर्णय गरेको हो ।

एमालेले कांग्रेससँग भएको सहमति अनुसार अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुने सरकारलाई राष्ट्रिय सहमतिको बनाउन अरु दललाई पनि सहभागी हुन आह्वान गरेको छ ।

सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सरकारको नेतृत्वमा आलोपालो गर्ने र सुरुमा ओली प्रधानमन्त्री हुने सहमति भएको दुबै दलका नेताहरुको भनाइ छ । संविधान शंसोधनको राजनीतिक ूथनयित्वको लागि राष्ट्रिय सहमतीको सरकार आवश्यक छ भन्ने अन्यपार्टीको पनि साथ पाउने छ ।

प्रतिक्रिया दिनुहोस्