सभापति देउवाले राष्ट्रिय सरकार निर्माणका लागि एमाले र माओवादीका शीर्ष नेताको बैठक बोलाए

काठमाडौं, १८ असार । कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सरकार निर्माणका लागि एमाले र माओवादीका शीर्ष नेताको बैठक बोलाएका छन् । देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी मंगलबार हुने बैठकमा सहभागी हुन आग्रह गरेका हुन्
। देउवाले ओलीसहितको बैठकमा प्रधानमन्त्री दाहाललाई पनि बोलाए। राष्ट्रिय सरकार गठन बरेमा छलफल गर्ने बताइएको छ ।

अर्थमन्त्री वर्षमान पुनका अनुसार देउवाले राष्ट्रिय सरकार बनाउने भन्दै प्रधानमन्त्रीलाई तीन दलका शीर्ष नेताको बैठकमा बोलाएको जानकारी दिए हो ।

‘देउवाजीले राष्ट्रिय सरकार बनाउने भन्दै तीन दलका शीर्ष नेताको बैठक बोलाउनु भएको छ’ उनले भने, ‘हाम्रै नेतृत्वमा राष्ट्रिय सरकार हो कि अर्को हो ? त्यसमै कुराकानी होला ।’

उनले एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीलाई गठबन्धन बनाएकोबारे औपचारिकरुपमा जानकारी नदिएको दाबी गरे ।

प्रधानमन्त्रीसँग मंगलबार बिहानको भेटमा पनि ओलीले राष्ट्रिय सरकार बनाउने कोसिस गरेको बताएको जानकारी दिए । ‘राष्ट्रिय सरकार बनाउने प्रयास हो । अरु धेरै केही होइन भनेर ओलीजीको भन्नुभएको रहेछ’ उनले भने ।

देउवाले बोलाएको बैठकमा ओली र दाहालबीच कुराकानी हुने पुनको भनाइ छ । यस बैठकले नेपालको राजनीतिक अवस्थालाई कता लैजाँदैभन्ने विशेष अर्थ राख्ने छ ।

प्रतिक्रिया दिनुहोस्